अकल्याण्ड: भारतिय ‘सेफ’ माथी चक्कु प्रहार, एक जना पक्राउ – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्ड: भारतिय ‘सेफ’ माथी चक्कु प्रहार, एक जना पक्राउ

   August 31, 2024  

अकल्याण्डको ओताहुहु क्षेत्रमा गत अगस्त २३ का दिन एक जना भारतीय सेफमाथी चक्कु प्रहरी भएको छ ।
नयाँ दिल्लीका ३८ वर्षिय गगन धमिजामाथी अपरिचित एक व्यक्तीले सडक मै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
समान्य रुपमा गाडी चलाईरहेको अवस्थामा धमिजाको गाडी पछाडी एउटा गाडीले निकै बेर हर्न बजाउछ, हतार होला भनेर धमिजाले पछाडिको गाडीलाई जान दिन्छन् । तर पछाडिको गाडी साईड पाउने बितिक्कै अगाडि गरेर धमिजाको गाडीलाई रोक्छन् , ओर्लिएर धमिजा माथी चक्कु प्रहार गर्छन् , आत्मारक्षाको लागि धमिजाले आफ्नो हाथ अगाडि लान्छन् र त्यस्मा उनको हातका दुई औंला काटिन्छन् । चक्कु प्रहार गर्ने व्यक्ती त्यहाँबाट निस्किन्छन् । घटना स्थलमा तत्काल दुई प्रहरी टोली पुग्छ र एक जना घाईते धमिजालाई अस्पताल पुर्याउनतर्फ लाग्छ भने अर्को चक्कु प्रहार गर्नेलाई खोजी गर्न तर्फ । प्रहरीले यो घटनामा सलंग्न एक जना ३० वर्षका पुरुषलाई प्रकाउ गरेको बताएको छ । धमिजाको भने मिडलमोर अस्पतालमा उपचार हुन्छ । डाक्टरका अनुसार उनको हात  ठीक हुन कम्तिमा १८ महिना लाग्ने र त्यो समय सम्म उनी काम गर्न पाउने छैनन् । पापातोईतोई स्थित एक भारतीय रेस्टुराँमा काम गर्ने धमिजा गत वर्ष मात्र न्युजिल्याण्ड आएका थिए । उनको परिवार गत महिना न्युजिल्याण्ड आएको र गत जुनमा उनको आमाको पनि निधन भएको बताईएको छ ।