क्राईसचर्चबाट वेलिङ्टन तर्फ उडान भरेको एयर न्युजिल्याण्डको बिमानमा अवतरण गर्ने क्रममा आगलागी भएको छ ।
एयर न्युजिल्याण्डको एनजेड ५३६६ अन्तर्गतको बिमान ४ बजेर ५ मिनेटमा वेलिङ्टन बिमानस्थलमा अवतरण गर्ने तालिका थियो । सोही अनुरुप बिमान ४ बजेर ४ मिनेट जादा अवतरण गर्ने क्रममा बाँया तर्फको ईन्जिनमा आगलागी भएको थियो । बिमान अवतरण हुनै लाग्दा ईन्जिनमा आगो लागेकाले ठुलो क्षति भने हुन नपाएको एयर न्युजिल्याण्डले जानकारी दिएको छ । बिमानले सफल अवतरण गरेको र बिमानमा सवार सबै ४० यात्रु सकुशल रहेको एयर न्युजिल्याण्डले जारी गरेकी बिज्ञप्तीमा उल्लेख गरिएको छ । घटना लगत्तै वेलिङ्टन बिमानस्थल केही समयलाई बन्द गरिएको थियो । आगो लागेको बिमान रनवे मै रोकिएकोले केही समय रन्वेमा उडान र अवतरण बन्द गरिएको थियो ।
Wow! Amazing video. Engine catches fire on Air New Zealand flight landing in Wellington. Streamed live on Wellington Flights Live! pic.twitter.com/0cV9VNQq5j
— Dan News (@dannews) September 1, 2024


