युवामाझ चर्चित John & the locals न्युजिल्याण्ड आउँदै – New Zealand News Nepal (NZ News Nepal)

युवामाझ चर्चित John & the locals न्युजिल्याण्ड आउँदै

   September 13, 2024  

नेपाली युवामाझ चर्चित सांगितिक समुह John & the locals न्युजिल्याण्ड आउने भएका छन् । अकल्याण्डमा आयोजना हुने कन्सर्टमा आफ्नो प्रस्तुती दिन गायक जोन चाम्लिङ राई र उनको समुह  न्युजिल्याण्ड आउन लागेका हुन् ।

हाम्रो ईभेन्ट्सको आयोजनामा अकल्याण्डमा आउदो नोभेम्बर १ तारिकका दिन John & the locals को कन्सर्ट आयोजना हुँदै छ ।

John & the locals को फर्कन्न होला, हावाजस्तै, निहित,साधना, के गरु, समयले, भनन मात्र लगायतका गीत युवामाझ चर्चित छ ।