एक वर्षमा २ हजार २ सय नेपाली आए न्युजिल्याण्ड, सबैभन्दा बढी भारतका नागरिक – New Zealand News Nepal (NZ News Nepal)

एक वर्षमा २ हजार २ सय नेपाली आए न्युजिल्याण्ड, सबैभन्दा बढी भारतका नागरिक

   September 14, 2024  

पछिल्लो एक वर्षमा २ हजार २ सय जना नेपाली नागरिक न्युजिल्याण्ड प्रवेश गरेका छन् ।
सन् २०२३ अगस्त देखि सन् २०२४ जुलाईसम्मको तथ्याकं हेर्दा अघिल्लो वर्ष भन्दा न्युजिल्याण्ड आउने नेपालीको संख्या घटेको हो । अघिल्लो वर्ष २ हजार ४ सय २४ नेपाली नागरिक बिभिन्न भिसा अन्तर्गत न्युजिल्याण्ड प्रवेश गरेका थिए । न्युजिल्याण्ड प्रवेश गर्ने बिदेशीहरुमा सबैभन्दा बढी भारतका नागरिक रहेका छन् । एक वर्षमा ४१ हजार १ सय भारतिय नागरिक न्युजिल्याण्ड प्रवेश गरेका छन् । त्यस्तै दोस्रो नम्बरमा फिलिपिन्सका २४ हजार ६ सय नागरिक र तेस्रोमा चीनका २३ हजार ६ सय नागरिक न्युजिल्याण्ड रहेको स्ट्याटस् एनजेडले सार्वजनिक गरेको नयाँ तथ्याकंमा उल्लेख गरिएको छ । त्यस्तै बिभिन्न देश गएका २५ हजार २ सय न्युजिल्याण्डका नागरिक पनि स्वदेश फर्किएका छन् ।