माओरी भाषा सप्ताह सुरु – New Zealand News Nepal (NZ News Nepal)

माओरी भाषा सप्ताह सुरु

   September 16, 2024  

न्युजिल्याण्डमा गत शनिबारबाट माओरी भाषा सप्ताह सुरु भएको छ ।
हरेक वर्ष सेप्टेम्बरको तेस्रो हफ्ता न्युजिल्याण्डमा माओरी ल्याङग्योज वीक अर्थात माओरी भाषा सप्ताह मनाईदै आईएको छ । यो वर्ष १४ सेप्टेम्बर देखि २१ सेप्टेम्बर सम्म माओरी भाषा सप्ताह मनाईने छ ।
ते विकी ते रियो माओरी अर्थात माओरी भाषा सप्ताहमा यो साताभरि माओरी भाषा, यस्को महत्व र यस्को प्रयोगका बिषयमा देशभर छलफल गर्ने गरिन्छ ।
माओरी भाषालाई जिवितै राख्न सरकारद्वारा सन् १९७५ देखि सेप्टेम्बर महिनाको तेस्रो हफ्तालाई माओरी भाषा सप्ताहको रुपमा मनाउन थालेको हो ।