435
Shares
न्युजिल्याण्ड सरकारले देशको शान्ति सुव्यवस्थाका लागि ठप ५ सय प्रहरी अधिकारीलाई भर्ती गर्ने भएको छ ।
५ सय मध्ये १६० जनालाई समुदायमा, ७७ जनालाई ग्याङ नियन्त्रणका लागि र बाँकी २६३ जना सार्वजनिक सुरक्षा टोली, युवा प्रहरी र जिल्लाहरूमा रिक्त पदहरू भर्ती गर्न प्रयोग हुने सरकारले जनाएको छ ।
यी प्रहरी भर्तीका लागि सरकारले यसअघि नै १९१ मिलियन डलर छुट्टाईसकेको छ । सन् २०२४ को बजेटमा नै आगामी ४ वर्षको लागि नयाँ प्रहरी भर्तीका लागि सरकारले बजेट छुट्टाएको थियो ।