न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले न्युजिल्याण्डमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको एक जना संक्रमित भेटिएको पुष्टी गरेको छ । स्वास्थ्यमन्त्रालयाका महानिर्देशक यस्ले ब्लूमफिल्डका अनुसार क्राइसचर्चको सरकारी आईसोलेसनमा एक जनामा ओमिक्रोन देखिएको हो । उनका अनुसार डिसेम्बर १० मा जर्मनीबाट आएका एक नागरिकलाई ओमिक्रोन देखा परेको हो । उनी जर्मनीबाट दुवई हुँदै न्युजिल्याण्ड आईपुगेका थिए । अहिले हाललाई उनी आईसोलेसनमा रहेकाले ओमिक्रोन समुदायमा नफैलिने महानिर्देशक ब्लूमफिल्डले बताएका छन् ।


