न्युजिल्याण्डका नागरिकले बेलायत जान अब भिसा शुल्क तिर्नुपर्ने भएको छ । यसअघि न्युजिल्याण्डका नागरिकलाई ६ महिनासम्म बेलायत बस्न कुनै भिसा आवश्यक पर्दैनथ्यो । आगामी जनवरीबाट भने बेलायत प्रवेश गर्ने न्युजियाण्डका नागरिकले ईलेक्ट्रोनिक ट्राभल अथोरिटी अर्थात ईटीए लिनु पर्ने छ । त्यस्तै बेलायतबाट फर्किने प्रयोग गर्ने टिकट पनि भिसा आवेदन दिने बेलामा पेस गर्नु पर्ने बताईएको छ । न्युजिल्याण्ड पासपोर्ट भएकाहरुको हकमा भिसा आवेदन दिएको ३ दिन भित्रमा भिसा स्विकृत हुने बेलायती अध्यागमनले जनाएको ch अ।


