साउथ आईल्याण्डको यी क्षेत्रमा अति भारी वर्षा हुने, रेड अलर्ट जारी, पुर्व तयारी सुरु – New Zealand News Nepal (NZ News Nepal)

साउथ आईल्याण्डको यी क्षेत्रमा अति भारी वर्षा हुने, रेड अलर्ट जारी, पुर्व तयारी सुरु

   October 3, 2024  

न्युजिल्याण्डको साउथ आईल्याण्डको बिभिन्न क्षेत्र अति भारी वर्षा हुने भन्दै रेड अलर्ट जारी गरिएको छ । साउथको नर्थ ओतागो, डुनेडिन र कोस्टल क्लुथा क्षेत्रमा अति भारी वर्षा हुने भन्दै ति क्षेत्रमा सजक रहन मेट सर्भिसले रेड अलर्ट जारी गरेको हो । बिहीवार बिहान ११ बजे देखि शुक्रबार राती सम्म भारी वर्षाको सम्भावना रहेको बताईएको छ । यि क्षेत्रमा १२० देखि १५० मिलिमिटरसम्म वर्षा हुने मेट सर्भिसले पुर्वानुमान गरेको छ । रेड अलर्ट जारी भएसगैँ तटिय क्षेत्रका मानिसहरुले आवश्यक पुर्व तयारी थालेका छन् ।