न्युजिल्याण्डमा ९० % ले लगाए कोरोनाको खोप – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा ९० % ले लगाए कोरोनाको खोप

   December 16, 2021  

न्युजिल्याण्डमा ९०% भन्दा बढीले कोरोना बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४.३  % ले पहिलो डोजको खोप लगाएका छन् भने ९० % ले दुवै डोज लगाएका छन् । त्यस्तै ५.७ % ले अहिले सम्म कोरोनाको खोप लगाएका छैनन् । सरकारले अर्लट लेभल हटाएर ट्रफिक लाइट सिस्टम ल्याएसंगै भ्याक्सिन पासलाई अनिवार्य गरेको छ । हरेक क्षेत्रमा भ्याक्सिन पास अनिवार्य गरेसगै कोरोनाको खोप लगाउन आममानिसमा तिब्रता आएको हो । न्युजिल्याण्ड सरकारले कोरोना विरुद्धको फाईजर खोपलाई मान्यता दिएसंगै यो खोपको दुवै डोज बितरण गर्न थालिएको थियो ।