न्युजिल्याण्डमा यो वर्षको बडा दशैंको टिकाको शुभ साईत आज आईतबार बिहान ११:२५ मा परेको छ ।
बिहान ११ बजेर २५ मिनेट जादाँ न्युजिल्याण्डमा बडा दशैंको टिका लगाउन उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपालमा भने हिजै बिजया दशमीको टिका लगाईएको थियो। नेपालकै दिन र समयमा केहिले न्यूजिल्याण्डमा हिजै टिका लगाएका थिए तर साईत हेर्ने हरुका लागि भने आज बिहान ११:२५को साईत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।


