नेपालमा भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे, न्युजिल्याण्डमा कति बजे ? – New Zealand News Nepal (NZ News Nepal)

नेपालमा भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे, न्युजिल्याण्डमा कति बजे ?

   October 29, 2024  

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

यही कात्तिक १८ गते अर्थात नोभेम्बर ३ तारिक आइतबार नेपालमा बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

न्युजिल्याण्ड लगायत अन्य बिदेशका स्थानहरुको भने साईत हाल सार्वजनिक गरिएको छैन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालको साईत निकाले पछि सोही अनुसार अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बिदेशको साईत निकाल्ने गरेको छ । न्युजिल्याण्डमा भाईटिका भने नेपालकै दिनमा परेको छ । यद्द्पी लक्ष्मी पूजा भने नेपालमा मनाएको भोलीपल्ट पर्ने बताईएको छ ।

यो पनि पढ्नुहोस् न्युजिल्याण्डमा लक्ष्मी पूजा १ नोभेम्बर शुक्रबार, भाईटिका ३ नोभेम्बर आईतबार