न्युजिल्याण्डमा बस्ने हिन्दूहरुले यो वर्षको लक्ष्मी पूजा शुक्रबार बेलुका ८ बजेर ४१ मिनेट जादा सुरु गर्न उत्तम रहने अन्तराष्ट्रिय पञ्चाङ निर्णय समितीले जनाएको छ । नेपालमा लक्ष्मी पूजा गरेको भोलिपल्ट मात्रै न्युजिल्याण्डमा लक्ष्मी पूजा गर्न पर्ने समितीले जनाएको छ । लक्ष्मी पूजाको शुभसाईत बेलुका ८ बजेर ४१ मिनेट जादा रहेको समितीले जनाएको छ । न्युजिल्याण्डमा यो वर्षको भाईटिका भने नेपाल कै दिन अर्थात आईतबार मनाउने सकिने छ । भाईटिकाको शुभ साईत भने आईतबार बिहान ११: ५५ बजे परेको छ ।


