नेपालका सिनेमा हलहरुमा तहल्का मच्चाईरहेको नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गी न्युजिल्याण्डमा पनि हिजो बिहीवारबाट प्रदर्शनमा आएको छ ।
न्युजिल्याण्डको बिभिन्न शहरका सिनेमा हलहरुमा पूर्ण बहादुरको सारङ्गी प्रदर्शनमा आएको हो । नर्थ आईल्याण्डको Auckland, Manukau City, Manganui र साउथको क्राईसचर्च, नेल्सन र तिमारुमा पूर्ण बहादुरको सारङ्गी प्रदर्शनमा आएको हो । अकल्याण्डको ईभेन्ट सिनेमा, मनुकाउको ईभेन्ट सिनेमा, मङानुईमा रहेको बे फेयरको युनाईटेड सिनेमा, क्राईसचर्चको सिनेमा, नेल्सनको स्टेट सिनेमा र तिमारुको मुभी म्याक्समा पूर्ण बहादुरको सारङ्गी प्रदर्शनमा आएको हो । यि हलमा नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीको नियमित सो प्रदर्शन भईरहेको छ ।



