चर्चित नेपाली ब्याण्ड ‘कन्दरा’को कन्सर्ट न्युजिल्याण्डमा आयोजना हुँदै – New Zealand News Nepal (NZ News Nepal)

चर्चित नेपाली ब्याण्ड ‘कन्दरा’को कन्सर्ट न्युजिल्याण्डमा आयोजना हुँदै

   November 8, 2024  

चर्चित नेपाली ब्याण्ड कन्दराको कन्सर्ट न्युजिल्याण्डमा आयोजना हुने भएको छ । कन्दराले आफ्नो विश्व यात्रा अन्तर्गत न्युजिल्याण्डमा आफ्नो प्रस्तुती दिने भएका छन् । अक्टोबरमा नेपाल बाट सुरु भएको कन्दराको विश्व यात्रा जुनमा क्यानडामा पुगेर टुङिने भएको छ । न्युजिल्याण्डमा भने कन्दराले आउदो मार्च वा अप्रिलमा आफ्नो प्रस्तुती दिने छन् । न्युजिल्याण्ड सँगै यो सांगितिक समुहले युरोप, बेलायत, दुबई, जापान, अमेरिका र क्यानडामा आफ्नो कन्सर्ट आयोजना गर्ने छन् । सन् १९९० मा स्थापना भएको कन्दरा ब्याण्डको हङकङ पोखरा, लेककी हे नयाँ, तगारोमा रुमाल राखी, भेडी गोठैमा, चन्चले कान्छी लगायतका थुप्रै गीत चर्चित रहेका छन् ।