दर्शकको माग बढेपछि न्युजिल्याण्डका हलहरुमा थपियो ‘पूर्ण बहादुरको सारगीँ’ को सो – New Zealand News Nepal (NZ News Nepal)

दर्शकको माग बढेपछि न्युजिल्याण्डका हलहरुमा थपियो ‘पूर्ण बहादुरको सारगीँ’ को सो

   November 13, 2024  

नेपाली चलचित्र पूर्ण बहादुरको सारगीँको न्युजिल्याण्ड बितरक सम्बन्ध ईभेन्ट्सले न्युजिल्याण्डका बिभिन्न शहरहरुमा चलचित्रको सो थपेको छ । दर्शकको माग भएअनुसार चलचित्रको सो थप्नु परेको सम्बन्ध ईभेन्ट्सले जनाएको छ । गत बिहीबार बाट न्युजिल्याण्डभरि प्रदर्शनमा आएको चलचित्रले नेपाली दर्शकको अत्याधिक साथ पाएको छ । हरेक सोहरुमा दर्शकको उल्लेख्य उपस्थिती भएसँगै न्युजिल्याण्डमा चलचित्रको सो थपिएको हो ।

हाल चलचित्र अकल्याण्ड, तउरङा र क्राईसचर्चमा थप सोका साथ प्रदर्शन भईरहेको छ । यसअघि न्युजिल्याण्ड कै अन्य शहर वेलिङ्टन, नेल्सन, तिमारुमा चलचित्र प्रदर्शनमा आईसकेको छ ।