‘र्ह्स्व दीर्घ’ न्युजिल्याण्डमा पनि प्रदर्शन हुने – New Zealand News Nepal (NZ News Nepal)

‘र्ह्स्व दीर्घ’ न्युजिल्याण्डमा पनि प्रदर्शन हुने

   November 13, 2024  

नीता ढुंगाना तथा हरिहर अधिकारीको नेपाली चलचित्र ‘ह्स्व-दीर्घ’ न्युजिल्याण्डमा पनि प्रदर्शनमा आउने भएको छ । यही नोभेम्बर १५ शुक्रबारबाट नेपाल भर प्रदर्शनमा आउने चलचित्र न्युजिल्याण्डमा भने त्यस्को झन्डै दुई हफ्ता पछि नोभेम्बर २८ मा प्रदर्शनमा आउने भएको हो । न्युजिल्याण्डका साथै चलचित्र अष्ट्रेलियाको बिभिन्न शहरमा सेमत सोही दिनबाट प्रदर्शनमा आउने भएको हो । अष्ट्रेलिया र न्युजिल्याण्डमा चलचित्र हिन्दी र नेपाली दुवै भाषामा प्रदर्शनमा आउन लागेको चलचित्रको बितरक सेभेन सिज ईन्टरटेन्मेन्टले जनाएको छ । यो चलचित्र हरिहर र नीतासंगै ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

यो  चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जन बढी नेपाली फिल्ममा द्वन्द निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेब्यू नेपाली चलचित्र हो ।

हाल न्युजिल्याण्डभरिका बिभिन्न हलमा चलचित्र पूर्ण बहादुरको सारङी प्रदर्शनमा आईरहेको छ ।