एसिया-प्रशान्त आर्थिक सहयोग ‘एपेक’को सम्मेलनमा भाग लिन प्रधानमन्त्री पेरु जादैँ – New Zealand News Nepal (NZ News Nepal)

एसिया-प्रशान्त आर्थिक सहयोग ‘एपेक’को सम्मेलनमा भाग लिन प्रधानमन्त्री पेरु जादैँ

   November 13, 2024  

एसिया-प्रशान्त आर्थिक सहयोगको ३६ औं वार्षिक सभामा भाग लिन न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन पेरु जाने भएका छन् । पेरुको कुस्को शहरमा यही नोभेम्बर १५ र १६ मा एपेकको सभा आयोजना हुँदै छ । सभामा न्युजिल्याण्डसहित अन्य २१ राष्ट्रका प्रतिनिधिहरु पेरुमा भेला हुँदै छन् । एपेकको ३३ औं सभाको आयोजना न्युजिल्याण्डले गरेको थियो । सन् २०२१ मा तत्कालिन प्रधानमन्त्री जसिन्डा आर्डेर्नले कोरोनाका कारण भर्चुवल माध्यमबाट सभा संचालन गरेकी थिईन । एपेकमा एसिया र प्रशान्त क्षेत्रका २१ राष्ट्र सदस्य रहेका छन् ।