न्युजिल्याण्डकी पुर्व युवा तथा शिक्षामन्त्री निक्की केयको निधन भएको छ ।
निक्कीको ४४ वर्षको उमेरमा निधन भएको हो । उनि केही समय देखि स्तन क्यान्सर रोगबाट पीडित थिईन् ।
निक्की सन् २००८ देखि २०२० सम्म ४ कार्यकालको लागि नेशनल पार्टीबाट न्युजिल्याण्डको संसद बनेकी थिईन् ।
सन् २०१३ देखि २०१७ सम्म उनि न्युजिल्याण्डको युवा मन्त्री थिईन् । त्यस्तै सन् २०१४ देखि २०१६ सम्म एसिसी मन्त्री, सन् २०१३ देखि २०१६ सम्म नागरिक रक्षा मन्त्री र सन् २०१७ मा मे देखि अक्टोबरसम्म न्युजिल्याण्डको शिक्षा मन्त्री थिईन् । उनको निधनमा प्रधानमन्त्री क्रिस्टोफर लक्सन, पुर्व प्रधान मन्त्रीहरु जसिन्डा आर्डेन, जोन कि, बिल ईङ्लिश, क्रिस हिप्किङ्स लगायतले दु:ख व्यक्त गरेका छन् ।


