साउथ आईल्याण्डको एक कुखुरा फर्ममा भेट्टियो बर्ड फ्लु – New Zealand News Nepal (NZ News Nepal)

साउथ आईल्याण्डको एक कुखुरा फर्ममा भेट्टियो बर्ड फ्लु

   December 4, 2024  

 

न्युजिल्याण्डको एक कुखुरा फर्ममा बर्ड फ्लुको संक्रमण देखा परेको छ । साउथ आईल्याण्डको मौराकीस्थित एक कुखुरा फर्ममा बर्ड फ्लु भेट्टिएको सरकारले जानकारी दिएको छ । अघिल्लो सोमबारबाट नै कुखुराहरु बिरामी भएर मर्न थालेका थिए । उक्त फर्मका संचालकले स्थानिय भेटनेरीबाट कुखुराको उपचार गराएता पनि लगातार थप कुखुरा मर्न थाले पछी बर्ड फ्लु आशंका गरिएको थियो । शुक्रबार भएको परिक्षणबाट उत्त फर्मका कुखुरामा बर्ड फ्लुको संक्रमण देखिएको पुस्टी भएको हो ।