न्युजिल्याण्डमा राष्ट्रप्रमुखको रुपमा गभर्नर जनरललाई लिने गरिन्छ ।
सरकार प्रमुख प्रधानमन्त्री भएता पनि न्युजिल्याण्डमा प्रधानमन्त्री भन्दा माथी गभर्नर जनरल हुने गर्छन् । प्रधानमन्त्रीको नियुक्ती देखि सपथ ग्रहण समेत गभर्नर जनरलले गर्ने गर्दछन् । हरेक ५ वर्षमा न्युजिल्याण्ड सरकारको सिफारिसमा बेलायतको राजाले न्युजिल्याण्डमा आफ्नो प्रतिनिधि नियुक्त गर्दछन् । राजाले आफ्नो संवैधानिक र औपचारिक कर्तव्यहरू पूरा गर्न गभर्नर-जनरल नियुक्त गर्ने गर्छन्। हाल न्युजिल्याण्डको गभर्नर जनरल सिन्डी किरो छिन् । उनलाई राजा चाल्सको प्रतिनिधिको रुपमा लिने गरिन्छ । उनलाई सन् २०२१ मा जसिन्डा आर्डेनको सरकारको सिफारिसमा तत्कालिन महारानी एलिजाबेथले नियुक्त गरेकी थिईन् । न्युजिल्याण्डको गभर्नर जनरल सँग राजा समान शक्तिशाली अधिकारहरु हुने गर्छन् । राजा बेलायतमा बस्ने भएकाले उन्को काम गभर्नर जनरलले गर्ने गर्दछन् । यस्तै कार्यकारी अधिकारी समेत गभर्नर जनरलमा हुने गर्दछ । गभर्नर जनरलले संसदको अधिवेशन बोलाउने देखि संसद बिघटन समेत गर्ने गर्दछन् । यस्तै कुनै बिधयक वा बिल संसदबाट पास भएपछि गभर्नर जनरलले त्यस्लाई प्रमाणिकरण गर्नु पर्ने छ । यस्तै कार्यकारी र आलंकारिक पदको रुपमा रहेको गभर्नर जनरललाई न्युजिल्याण्डको वरियता क्रममा राजा पछि दोस्रो नम्बरमा राखिने गरिन्छ । गभर्नर जनरलको वार्षिक तलब ४ लाख ४० हजार डलर हुने गर्दछ भने सरकारले बस्नको लागि आवासको रुपमा गभर्मेन्ट हाउस, आलीसान बिएमड्ब्लु गाडी र भारी मात्रामा सुरक्षाकर्मीको व्यवस्था सेमत गरेको छ ।


