न्युजिल्याण्डमा आज आईतबार ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अकल्याण्डमा ४१ जना , वाइकातोमा ४ जना , बे अफ प्लेन्टीमा ३ जना र तारानाकीमा ७ जनामा संक्रमण देखिएको हो । त्यस्तै ५ जना ओमिक्रोनको नयाँ संक्रमित समेत भेटिएको मन्त्रालयले जनाएको छ । यो सँगै न्युजिल्याण्डमा ओमिक्रोन भेरियन्टका कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।


