बालगायक सचिन परियारको निमोनियाका कारण निधन – New Zealand News Nepal (NZ News Nepal)

बालगायक सचिन परियारको निमोनियाका कारण निधन

   January 2, 2025  

बालगायक सचिन परियारको बिहीबार बिहान निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले उनको निधान भएको हो ।  अस्पताल स्रोतका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत थिए । ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।

 

भाइरल बाल गायकका रूपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।

हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको  ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गीत चर्चित छन् ।