न्युजिल्याण्डमा नेपाली स्पोर्टस फेस्टिभल सम्पन्न (तस्बिरसहित ) – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा नेपाली स्पोर्टस फेस्टिभल सम्पन्न (तस्बिरसहित )

   January 15, 2025  

न्युजिल्याण्डमा नेपाली स्पोर्टस फेस्टिभल सम्पन्न भएको छ । गैर आवसिय नेपाली संघ न्युजिल्याण्डको आयोजनामा यही  जनवरी १० देखि १२ सम्म फेस्टिभल  भएको हो ।
नर्थ आईल्याण्डको तउरङा शहरमा आयोजना भएको  स्पोर्टस फेस्टिभलमा क्रिकेट, ब्याड्मिन्टन, टेबल टेनिस, रनिङ, स्वीलिङ, चेस, फूटशल र बास्केटबल खेलको बिभिन्न प्रतियोगिता आयोजना  भएको थियो  । यि खेलका बिभिन्न बिधामा प्रतियोगिता आयोजना भएको थियो ।

सबै खेलका लागि संयोजकहरु तोकिएको थियो जस अन्तर्गत ब्याड्मिन्टनको संयोजकमा केश गुरुङ, भलिबलमा दर्शन तिमिल्सिना, फुट्सलमा इश्वर उप्रेती र प्रकाश बराल, क्रिकेटमा कृष्ण आचार्य र मदन सापकोटा, बास्केटबलमा सुबेश रन्जितकार, टेबल टेनिसमा रिबु ढकाल त सुमन ढुङेल, चेसमा सुशिल भुसाल र दीपेन्द्र के.सी रहेका थिए । त्यस्तै पौडी खेलको संयोजकमा बिकास माझी र रनिङको लागि पवन ढकाल रहेका थिए । प्रतियोगिताको प्रचार संयोजकको जिम्मेवारी भुपाल गुरुङलाई दिईएको थियो भने स्वंमसेवक संयोजकमा हरि सापकोटा रहेका थिए ।

 

 

तस्बिर: भुपाल गुरुङ / बिपुल गुरुङ