319
Shares
राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा औपचारिक रूपमा आज सोमवार शपथ लिदै छन् । सपथ लिएपछि उनी ह्वाइट हाउस सर्ने छन्।
उक्त दिनमा औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीहरूको ‘परेड’ र साँझमा औपचारिक ‘बल डान्स’ पनि हुने छ।
ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि सोमवार शपथ लिने छन् र उनीहरूको नयाँ प्रशासनिक राज औपचारिक रूपमा सुरु हुने छ।
ट्रम्पले अमेरिकाको राष्ट्रपतिको भूमिका औपचारिक रूपमा सुरु गर्ने उक्त दिनबारे थाहा पाउनुपर्ने कुराहरू यस्ता छन्।