सरकारका मन्त्रीहरुमा व्यापक हेरफेर गर्दै न्युजिल्याण्डका प्रधानमन्त्री – New Zealand News Nepal (NZ News Nepal)

सरकारका मन्त्रीहरुमा व्यापक हेरफेर गर्दै न्युजिल्याण्डका प्रधानमन्त्री

   January 20, 2025  

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले न्युजिल्याण्ड सरकारका मन्त्रीहरु हेरफेर  गरेका छन् । सन् २०२३ अक्टोबरमा निर्वाचित भएको नेशनल, एक्ट र एन्जेड फर्स्टको संयुक्त सरकारमा मन्त्रीहरु हेरफेर हुन लागेका हुन् । प्रधानमन्त्री आफ्नो पार्टी नेशनलका मन्त्रीहरु मात्र हेरफेर गर्न लागेका हुन् । सरकारमा साझेदार गरेका अन्य दुई दल एक्ट र एन्जेड फर्स्टका मन्त्रीहरु भने यथावत रहने छन् । नेशनलको तर्फ बाट मन्त्री बनेकी आर्थिक बिकास मन्त्री मेलिसा लिलाई भने मन्त्री पद बाटै हटाईने भएको छ भने अन्य मन्त्रीको जिम्मेवारी हेरफेर गरिने भएको हो । आर्थिक बिकास मन्त्रीको जेम्मेवार अब अर्थ मन्त्री निकोला विलिसले सम्हाल्ने भएकी छिन् ।