न्युजिल्याण्डकी अर्थमन्त्री निकोला विलिसले सन् २०२५ मा पर्यटकका कारणले देशको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेकी छिन् ।
हालसालै आर्थिक बिकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी अर्थमन्त्री विलिसले देशमा अर्थतन्त्र चलायमान बन्न न्युजिल्याण्ड आउने पर्यटकको ठुलो हात हुने बताएकी छिन् । उनले न्युजिल्याण्ड भ्रमण गर्नको लागि जहासुकैको पर्यटकलाई स्वागत रहेको बताईन् । मन्त्री विलिसले कोरोना अवधी अगाडि जस्तो पर्यटक न्युजिल्याण्डले आस गरेको बताईन् । उनको भनाई अनुसार चीनबाट आउने पर्यटकको संख्या पनि यो वर्ष बढ्ने छ । अर्थ मन्त्रालयले हाल पर्यटन मन्त्रालयको सहयोगमा न्युजिल्याण्डमा पर्यटकको संख्या बढाउन कार्ययोजना बनाईरहेको पनि मन्त्री विलिसले जानकारी दिएकी छिन् ।


