दशौँ संस्करणको तेन्जिङ हिलारी कप फेब्रुअरी १ र २ तारिकमा – New Zealand News Nepal (NZ News Nepal)

दशौँ संस्करणको तेन्जिङ हिलारी कप फेब्रुअरी १ र २ तारिकमा

   January 22, 2025  

न्युजिल्याण्डमा दशौँ संस्करणको तेन्जिङ हिलारी कप फूटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
यो संस्करणको फूटबल प्रतियोगिता साउथ आईल्याण्डको ईन्भरकार्गिलमा आयोजना हुदैँ छ ।

आउदो फेब्रुअरीको १ र २ तारिकका दिन हुन लागेको प्रतियोगिताको आयोजना टिएचसी कमिटीले गर्न लागेको हो । टिएचसी कमिटीले बिगत १० वर्ष देखि न्युजिल्याण्डका बिभिन्न शहरमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

सन् २०१५ बाट आयोजना हुँदै आएको यस प्रतियोगिताको अघिल्लो संस्करण भने क्राईसचर्चमा आयोजना भएको थियो । एक वर्ष भने कोरोनाका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।
खेलको माध्यमबाट न्युजिल्याण्डमा छरिएका नेपाली समुदायलाई एक बनाउन सहयोग पुग्ने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।