न्युजिल्याण्ड घुम्दै ‘तारक मेहेता’ – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड घुम्दै ‘तारक मेहेता’

   February 2, 2025  

चर्चित टेलिभिजन अभिनेता तथा कवि सैलेश लोधा यती बेला न्युजिल्याण्डको भ्रमणमा रहेका छन् ।
तारक मेहेताको रुपमा चिनिने सैलेश हाल न्युजिल्याण्डको बिभिन्न शहरको भ्रमण गर्दै छन् । उनले साउथ आईल्याण्डको क्राईसचर्च, कुईन्सटाउन, डुनेडिन लगायतको भ्रमण गरिसकेका छन् भने हाल नर्थको नेपियरमा रहेका छन् । केही दिनका लागि न्युजिल्याण्ड भ्रमणमा आएको बताउदै उनले आफ्नो न्युजिल्याण्डको प्रकृति र पौराणिक संरचनाबाट प्रभावित भएको बताएका छन् ।

सैलेश प्रसिद्द हिन्दी सिरियल तारक मेहेताका उल्टा चस्मामा मुख्य पात्र रुपमा चर्चित छन् । सैलेशले सन् २००८ देखि २०२२ सम्म सिरियलमा तारक मेहेताको पात्रको रुपमा अभिनय गरेका थिए । हाल भने उनि उक्त सिरियलमा आबद्द छैन्न ।