न्युजिल्याण्ड सरकारले ईन्भेष्टर भिसाको घोषणा गरेको छ । यो भिसा अन्तर्गत न्युजिल्याण्डमा ५० लाख डलर देखि एक करोड डलर सम्म लगानी गर्ने बिदेसी नागरिकले न्युजिल्याण्डको पिआर पाउने छ । यसको लागि भने सरकारले केही मापदण्ड तोकेको छ । ५० लाख डलर (करिब ४० करोड नेपाली रुपैया) कम्तिमा ३ वर्ष सम्मको लागि लगानी गर्नु पर्ने हुन्छ । त्यस्तै एक करोड डलरको लगानी भने कम्तिमा ५ वर्षको लागि गर्नु पर्ने हुन्छ । यसरी लगानी गर्ने कुनै पनि देशका नागरिकलाई न्युजिल्याण्ड सरकारले स्थाई बसोबास गर्न पिआर दिने छ । यि नागरिकले कम्तिमा २१ दिन भने न्युजिल्याण्डमै बसोबास गरेको हुनु पर्ने छ । विश्वका धनि मानिसहरुलाई न्युजिल्याण्डमा लगानी गर्न वातावरण बनाउन उद्देश्यले यो भिसाको नियम ल्याईएको सरकारले बताएको छ । यसले समग्र देश कै अर्थतन्त्रलाई सुधार गर्ने सरकारको अपेक्ष रहेको छ । आउदो अप्रिल १ बाट यो भिसाको आवेदन दिन सकिने छ ।


