न्युजिल्याण्ड र कुक आईल्याण्डको सम्बन्धमा कसरी आयो दरार ? – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड र कुक आईल्याण्डको सम्बन्धमा कसरी आयो दरार ?

   February 11, 2025  

न्युजिल्याण्ड र छिमेकी टापु देश कुक आईल्याण्डबिच कुट्नितिक सम्बन्धमा दरार आएको छ ।
न्युजिल्याण्डबाट झन्डै ३ हजार किलोमिटर उत्तर पुर्वमा रहेको सानो देश कुक आईल्याण्डका प्रधानमन्त्री मर्क ब्राउनले न्युजिल्याण्डसँग परामर्श बिना चीनको भ्रमण गरेको भन्दै न्युजिल्याण्डले आपत्ति जनाएपछि दुई देशको सम्बन्धमा चिसोपन छाएको हो । गत शुक्रबार मात्र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा पर राष्ट्र मन्त्री विन्स्टन पिटर्स सँग फोनमा कुरा गरेका कुक आईल्याण्डका प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको बारेमा जानकारी नगराएको न्युजिल्याण्डको गुनासो रहेको छ । कुक आईल्याण्डका प्रधानमन्त्री ब्राउन हाल चीनको ५ दिनको भ्रमणमा छन् । दुई देशबिच व्यापारलागायतका बिषयमा सम्झौतामा हुने बताईएको छ । कुक आईल्याण्डले न्युजिल्याण्डसँग परामर्श नगरि भ्रमण तय गरेको भन्दै यो चिन्ताको बिषय भएको न्युजिल्याण्डको पर राष्ट्रले बताएको छ । परराष्ट्र मन्त्रालयले दुई देश एकै परिवारको सदस्य भएकाले यस्तो बिषयमा परामर्श गर्न आवश्यक रहेको धारणा राखेको छ । कुक आईल्याण्डको तर्फबाट भने यसबारेमा कुनै आधिकारीक धारणा आएको छैन ।

कुक आईल्याण्ड कुनै समय न्युजिल्याण्डनै अधिनमा रहेको देश हो । जम्मा १५ हजार जनसंख्या रहेको यो देश सन् १९०१ देखि १९६५ सम्म न्युजिल्याण्डकै प्रशासनमा चल्ने गरेको थियो । त्यहाँ अहिले पनि न्युजिल्याण्डको पैसा चल्ने गर्दछ । नेपाली नागरिकले भने बिना भिसा यो देशमा प्रवेश पाउने छन् ।