न्युजिल्याण्डमा हिजो र आज गरेर १२६ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै थप ७ जनालाई आईसोलेसनमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यि सात संक्रमित कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित हुन् । त्यस्तै मन्त्रालयले क्रिसमसमा दुई दिनमा १२६ जनामा संक्रमण भेटिएको बताएको छ । १२६ जनामा ८८ जना अकल्याण्डमा , १७ जना वाईकातोमा , ६ जना बे अफ प्लेन्टीमा , १३ जना लेकमा र एक एक जना तारानाकी र नर्थल्याण्डमा भेटिएको जनाईएको छ ।


