न्युजिल्याण्डमा हाल मुद्राको रुपमा डलर प्रयोग हुँदै आएको छ । हाल अमेरिकि एक डलर बराबर न्युजिल्याण्डमा एक डलर ८० सेन्ट हुन्छ ।
न्युजिल्याण्ड डलर प्रचनलमा आएको भने धेरै समय भएको छैन । सन् १९६७ बाट न्युजिल्याण्डमा डलरको प्रयोग हुन थालेको हो । त्यसअघी भने न्युजिल्याण्ड पाउण्डको प्रयोग थियो । सन् १९३३ देखि सन् १९६७ सम्म ३४ वर्ष न्युजिल्याण्डमा पाउण्डको प्रचलन रहेको थियो । यो पाउण्ड भने ब्रिटिश पाउण्ड नभएर न्युजिल्याण्डको आफ्नै मुद्रा रहेको थियो । सन् १९३३ अगाडि भने न्युजिल्याण्डमा ब्रिटिश पाउण्ड चलाईन्थ्यो । १८४० मा वाईताङी सन्धी भएसगैँ न्युजिल्याण्डमा ब्रिटिश पाउण्डमा कारोबार हुने गर्थ्यो । वाईताङी सन्धी अगाडि भने न्युजिल्याण्डमा सुन र चादीँका सिक्काहरु चलाईन्थ्यो ।


