न्युजिल्याण्डका प्रधानमन्त्री आज भियतनाम जादैँ – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका प्रधानमन्त्री आज भियतनाम जादैँ

   February 25, 2025  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन ४ दिनको लागि आज भियतनाम जादै छन् । ।
भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा लक्सन आज  भियतनाम जान लागेका हुन्  । उनि रोयल न्युजिल्याण्डको एयर फोर्स बिमानमार्फत भियतनामको राजधानी हानोई प्रस्थान गर्ने छन् ।
४ दिन को भियतनाम बसाईको क्रममा प्रधानमन्त्री लक्सनले आफ्ना समकक्षी भियतनामका प्रधानमन्त्री सँग बिशेष भेट गर्ने छन् । त्यस्तै भियतनाममै आयोजना हुने आसियानको फ्युचर फोरममा समेत उनी सहभागी हुने छन् । यसै वर्ष न्युजिल्याण्ड र भियतनाम बिच कुट्नितिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दै छ । गत मार्चमा भियतनामका प्रधानमन्त्री न्युजिल्याण्डको भ्रमणमा आएका थिए । सोही क्रममा लक्सनलाई भियतनाम भ्रमणको निम्तो दिईएको थियो । लक्सनसँग न्युजिल्याण्डका व्यापारीहरु र केही राज्यमन्त्री हरु सहभागी हुने छन् । भ्रमण सकेर उनिसहितको टोली शुक्रबार न्युजिल्याण्ड फर्किने छन् ।