युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले न्युजिल्याण्ड रुसबाट टाढा भएकाले खुशी हुनु पर्ने बताएका छन् ।
रुस-युक्रेन युद्धको बारेमा टाढाको देशले किन वास्ता गर्नुपर्छ भनेर सोधिएको प्रश्नमा जेलेन्स्कीले यस्तो बताएका हुन् । एक किवी पत्रकारको प्रश्नमा राष्ट्रपती जेलेन्स्कीले न्युजिल्याण्ड लगायत रुससँग टाढा रहेका देशले खुशी हुनु पर्ने बताएका हुन् । पत्रकारले आफु सानो र टाढाको देश न्युजिल्याण्डबाट रहेको बताए पछि उनले यसमा तपाईंहरु खुशी हुनु पर्छ कि तपाईंहरु रुसबाट टाढा हुनुहुन्छ भएका थिए ।
तर उनले गम्भिर हुँदै रुससँगको युद्ध अब युक्रेनमा मात्र सीमित नरहेको पनि बताए । रुसको उत्तर कोरियासँगको युद्दका कारण एसिया प्रशान्त क्षेत्रको सुरक्षालाई असर पर्ने र यसले न्यूजील्याण्ड र अष्ट्रेलियाको सुरक्षा हितको पनि धेरै प्रभाव पार्ने बताएका छन् ।


