न्युजिल्याण्डमा गायक यस कुमारको सांगितिक यात्रा – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा गायक यस कुमारको सांगितिक यात्रा

   February 24, 2025  

चर्चित नेपाली गायक यस कुमारले न्युजिल्याण्डका बिभिन्न शहरमा आफ्नो प्रस्तुती दिने भएका छन् । सम्बन्ध ईभेन्ट्सको आयोजनामा न्युजिल्याण्डका शहरहरुमा यस कुमारको न्युजिल्याण्ड टुर हुन लागेको हो । आउदो मार्च १४ देखि २२ सम्म न्युजिल्याण्डमा यस कुमारले आफ्नो प्रस्तुती दिने छन् । आयोजकले गायक कुमारको कार्यक्रमको थप जानकारी केही दिनमा दिइने बताएको छ । गायक यस कुमारका म कहिले हासेको हिजो अर्कै सँग देखे म आफ्नै आगनमा जानी लगायत थुप्रै आधुनिक गीत गएका छन् । उनले नेपाली चलचित्रको केही हिट गीत समेत गाएका छन् ।