युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्ता चर्को विवाद बारे न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले प्रतिकृया जनाएका छन् । लक्सनले युक्रेनको समर्थन गर्दै ट्रम्प र जेलेन्स्की बिचको विवादलाई जबर्जस्त भेटघाट भएका छन् । लक्सनले न्यूजील्याण्ड युक्रेनको समर्थनमा अडिग रहेको कुरा पनि बताएका छन् ।
लक्सनले प्रतिक्रिया दिँदै भने, “हामी सबै चाहन्छौं कि अमेरिका र युक्रेनले युक्रेनको लागि न्यायपूर्ण र दिगो शान्तिको साझा उद्देश्यतर्फ मिलेर काम गरून्।”
उनले भने कि शान्ति प्राप्त गर्ने “सबैभन्दा राम्रो” तरिका भनेको रूसले आफ्नो “तीन वर्ष लामो अवैध र अनैतिक आक्रामक युद्ध” समाप्त गर्नु हो।


