च्याम्पियन्स ट्रफी क्रिकेट: न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत बिजयी – New Zealand News Nepal (NZ News Nepal)

च्याम्पियन्स ट्रफी क्रिकेट: न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत बिजयी

   March 10, 2025  

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत ले उपाधि जितेको हो । न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित शर्माले आक्रामक सुरुवात गर्दै शुभमन गिलसँग मिलेर शतकीय साझेदारी गरेका थिए । रोहित ७६ रनमा आउट भए । श्रेयस अय्यरले ४८ रन बनाए भने केएल राहुल ३४ रनमा अविजित रहे ।

१०५ रनमा पहिलो विकेट प्राप्त गरेपछि न्युजिल्याण्डले निरन्तर रूपमा विकेट निकाल्दै भारतलाई दबाबमा राख्ने प्रयास गरेको थियो । माइकल ब्रेसवेल र मिचेल सान्टनरले २-२ तथा काइल जेमिसन र रचिन रविन्द्रले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामू २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो ।