न्युजिल्याण्डमा आज थप ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै न्युजिल्याण्डमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज भेटिएका संक्रमित मध्य ३० जना अकल्याण्डमा, छ जना वाईकातोमा , त्यस्तै ४ जना लेक्समा, ३ जना नर्थल्याण्डमा, २ जना ताइरावीती र बाँकी एक जना क्यान्टबेरीमा भेटिएका छन् । त्यस्तै मन्त्रालयका अनुसार ४८ जनाको अस्पातलमा उपचार भईरहेको छ । यि संक्रमितहरु अकल्याण्ड, रोतोरुवा, तउरन्गा र वाइकातोका बिभिन्न अस्पातलमा उपचाररत छन् । त्यस्तै ७ जनाको भने आईसियुमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।


