बेंगलुरुका क्रुनाल पाण्ड्याले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । जोश हेजलवूडले २ तथा यश दयाल, सुयाश शर्मा र रसिख सलामले १-१ विकेट लिए ।
यस जितसँगै बेंगलुरुले २ अंक जोडेको छ भने नेट रनरेट पनि सुरुवातमै राम्रो हासिल गरेको छ ।
आइतबार दुई खेलहरू हुनेछन् । दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् भने बेलुकी पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।


