नेपालकी शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा – New Zealand News Nepal (NZ News Nepal)

नेपालकी शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

   April 22, 2025  

नेपालकी शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएको उनको सचिवालयले नेपालखबरलाई जानकारी दिएको छ।

शिक्षक आन्दोलन चर्किरहेका बेला विभागीय मन्त्रीले राजीनामा दिएकी हुन्।

शिक्षकका माग सम्बोधन गर्न मन्त्री भट्टराईले सात बुँदे प्रस्ताव तयार गरेकी थिइन्। उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी आजै आन्दोलनबाट फर्कन शिक्षकहरूलाई आह्वान गर्ने तयारी थियो।