पूर्व न्युजिल्याण्ड प्रहरी आयुक्त माइक बुश भिक्टोरिया प्रहरीको नयाँ प्रमुख आयुक्त (Chief Commissioner) को रूपमा नियुक्त हुने लगभग पक्का भएको छ।
भिक्टोरिया सरकारले बुशलाई नेतृत्वको अनुभव र अन्तर्राष्ट्रिय स्तरको क्षमताका आधारमा छनोट गर्न लागेको हो। बुशले सन् २०१४ देखि २०२० सम्म न्युजिल्याण्ड प्रहरीको प्रमुख आयुक्तको रूपमा सेवा गरेका थिए र आधुनिक प्रहरी प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
यस नियुक्तिसँगै भिक्टोरिया प्रहरीले अन्तर्राष्ट्रिय दृष्टिकोण प्राप्त गर्ने अपेक्षा गरिएको छ, जसले अपराध नियन्त्रण, प्रहरी सुधार र समुदायसँगको सम्बन्धमा सुधार ल्याउने विश्वास गरिएको छ।
अधिकारिक घोषणा केही दिनभित्रै हुने अपेक्षा गरिएको छ।


