रवि लामै समय जेल बस्नुपर्ने, सर्वोच्चद्वारा थुनामुक्त गर्न अस्वीकार – New Zealand News Nepal (NZ News Nepal)

रवि लामै समय जेल बस्नुपर्ने, सर्वोच्चद्वारा थुनामुक्त गर्न अस्वीकार

   May 24, 2025  

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ।

सर्वोच्चका न्याधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामै राख्ने मातहत अदालतको आदेश सदर गरेको हो।

जिल्ला अदालत रुपन्देहीले सफाइ दिएमा उनी थुनामुक्त हुनेछन् । तर मुद्दा टुंगिन छिटोमा पनि केही महिना लाग्नेछ ।