पिटर्सले अष्ट्रेलिया, श्रीलंका, नेपाल र भारतको भ्रमण सकेर न्यूजिल्याण्ड फर्किने लगत्तै उपप्रधानमन्त्रीको पद ACT पार्टीका नेता डेभिड सेमोरलाई सुम्पिने छन्।
यो व्यवस्था न्यूजिल्याण्डको त्रिदलीय गठबन्धन सरकारबीचको सहमतिअनुसार भएको हो, जसअनुसार पिटर्सले प्रारम्भिक १८ महिनासम्म उपप्रधानमन्त्री रहने र त्यसपछि बाँकी कार्यकाल सेमोरले सम्हाल्नेछन्।
सोही अनुरूप पीटर्सको कार्यकाल आउँदो शनिबार सकिँदैछ ।
उपप्रधानमन्त्री तथा विदेश मन्त्री पीटर्स भोलि नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन्। यो नेपाल भ्रमण कुनै पनि न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेश मन्त्रीद्वारा गरिएको पहिलो औपचारिक भ्रमण हो।
भ्रमणको क्रममा, उपप्रधानमन्त्री पीटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसैगरी, विदेश मन्त्री डा. अर्जु राणा देउवासँग द्विपक्षीय वार्ता पनि गर्ने कार्यक्रम छ।


