राजु लामाको न्यूजील्याण्ड कन्सर्ट: नेपाली संगीतले गुन्जिनेछ न्यूजील्याण्डका विभिन्न शहर – New Zealand News Nepal (NZ News Nepal)

राजु लामाको न्यूजील्याण्ड कन्सर्ट: नेपाली संगीतले गुन्जिनेछ न्यूजील्याण्डका विभिन्न शहर

   May 28, 2025  

चर्चित नेपाली गायक राजु लामा र उनको प्रसिद्ध ब्याण्ड मंगोलियन हार्ट आउँदो अगस्त महिनामा न्यूजील्याण्डको विभिन्न शहरहरूमा कन्सर्ट गर्ने भएका छन्। नेपाली संगीतप्रेमीहरूको लामो प्रतीक्षालाई समाप्त पार्दै, यो सांगीतिक यात्रा “Sambandha Events” को आयोजनामा हुँदैछ।

राजु लामाले नेपाली आधुनिक गीत, पप र लोक संगीतको सम्मिश्रणमार्फत लाखौं दर्शकको मन जितेका छन्।  ‘बादल पारिको देशबाट’ ‘हल्ला चलेछ’, ‘पर्खाइमा’, ‘नतानुँ त तानुँ ‘उँभो उँभो खाशा’, ‘तिमीलाई देखेर’, ‘गाजलु टीका’ , ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, हेर्दा हेर्दै, ‘यो जुनिमा’, ‘एक जोडि नयँन’, ‘घर मेरो पूर्व’ , ‘सैलुङ पोङदी’, ‘भाई टिका’,लगायत गीत सर्वाधिक चर्चाको शिखर चुमेका गीतहरू हुन्।
यस कन्सर्टमार्फत नेपाली समुदायलाई आपसी सम्बन्ध बलियो बनाउँदै, आफ्नै मातृभाषा र संस्कृति झल्काउने गीतहरूमा रमाउन पाउने अवसर प्रदान गरिनेछ।

कार्यक्रमको बारेमा थप जानकारी चाँडै दिने आयोजकले जनाएका छन्।