नेपाल भ्रमणमा रहेका न्यूजील्याण्डका उपप्रधान तथा विदेश मन्त्री विन्स्टन पिटर्स बिहीबार बिहान सोलुखुम्बुको लुक्ला भ्रमणमा जाने कार्यक्रम रहेको छ।
लुक्लाबाट फर्किएपछि उनले काठमाडौं उपत्यकाभित्रका युनेस्को विश्व सम्पदा स्थलहरूको अवलोकन गर्नेछन्।
विदेश मन्त्रालयका अनुसार मन्त्री पिटर्स बिहीबार साँझ भारतको दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।


