न्यूजील्याण्डका उप–प्रधानमन्त्री तथा बिदेश मन्त्री विन्स्टन पीटर्सले नेपाल भ्रमणका क्रममा नेपाल आउन पाएकोमा आफू निकै खुशी लागेको बताएका छन्। काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले यो ऐतिहासिक भ्रमण आफूका लागि गर्वको क्षण भएको बताए। “नेपाल आउन पाउनु र यहाँको अतिथ्य पाउनु मेरा लागि विशेष अनुभव हो,” मन्त्री पीटर्सले भने, “यो भ्रमण दुई देशबीचको मैत्री र सहकार्यलाई थप गहिरो बनाउने अवसर हो।” उनले सगरमाथा आरोहणको ७२ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा नेपाल भ्रमण गर्न पाउनु विशेष अर्थपूर्ण भएको उल्लेख गरे। यस भ्रमणलाई न्यूजील्याण्डका परराष्ट्रमन्त्रीद्वारा नेपालमा गरिएको पहिलो भ्रमणका रूपमा समेत लिइएको छ।
मन्त्री पीटर्सले नेपाली सरकार र जनताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा शिक्षा, विकास, जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा थप सहकार्यको सम्भावनाबारे सकारात्मक संकेत दिएका छन्।


