न्यूजील्याण्डमा ‘Parent Boost Visa’ लागू हुँदै: अभिभावकलाई ५ वर्षसम्म बस्न पाउने सुविधा

806 Shares

न्यूजील्याण्ड सरकारले आप्रवासी समुदायका लागि महत्त्वपूर्ण निर्णय गर्दै ‘Parent Boost Visa’ सार्वजनिक गरेको छ, जसअन्तर्गत अब देशका नागरिक वा स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिका अभिभावकहरूले पाँच वर्षसम्म न्यूजील्याण्डमा बस्न सक्नेछन्। यो नयाँ प्रकारको मल्टिपल–इन्ट्री भिसा सन् २०२५ को सेप्टेम्बर महिनादेखि खुला हुने भएको हो। इमिग्रेशन मन्त्री एरिका स्टानफोर्डले यस भिसाले आप्रवासीहरूको पारिवारिक पुनर्मिलनलाई सहज बनाउने मात्र होइन, देशमा दक्ष जनशक्तिलाई आकर्षित गर्ने उद्देश्यसमेत राखेको बताइन्। मन्त्री स्टानफोर्डले भनिन्, “प्यारैंट बुस्ट भिसाले न्यूजील्याण्डलाई दीर्घकालीन घर बनाउन चाहने आप्रवासीहरूलाई आकर्षित गर्न मद्दत पुग्नेछ। स्वास्थ्य समस्या, बालबालिकाको हेरचाह वा भावनात्मक समर्थनका लागि अभिभावकको उपस्थिति निकै महत्वपूर्ण हुन्छ।”

अवधि: अधिकतम ५ वर्षको मल्टिपल–इन्ट्री भिसा, जुन समयावधि सकिएपछि नवीकरण गर्न सकिनेछ। कुल बसाइँ अवधि १० वर्षसम्म पुर्‍याउन सकिने व्यवस्था रहेको छ।

स्थायी आवास नदिने: यो भिसाले स्थायी बसोबास वा नागरिकताको बाटो खोल्दैन। यो केवल अस्थायी बसोबासको लागि मान्य हुनेछ।

स्वास्थ्य र बीमा अनिवार्यता: आवेदनकर्ताहरूले निर्धारित स्वास्थ्य परीक्षण, चरित्र प्रमाणीकरण तथा सम्पूर्ण बसाइँ अवधिका लागि निजी स्वास्थ्य बीमा प्रस्तुत गर्नुपर्नेछ।

प्रायोजन: न्यूजील्याण्डमा रहेका छोरा–छोरी वा नाति–नातिनीद्वारा भिसा आवेदनका लागि प्रायोजन गर्नुपर्नेछ।

यसअघि उपलब्ध ‘General Visitor Visa’ अन्तर्गत अभिभावकहरूले अधिकतम १८ महिनासम्म मात्र तीन वर्षको अवधिमा बस्न पाउँथे। यसले लामो समय परिवारसँग बस्न चाहनेहरूका लागि अवरोध उत्पन्न गरिरहेको थियो। नयाँ ‘Parent Boost Visa’ले त्यस्तो सीमालाई हटाएर पाँच वर्षसम्मको सहज बसोबास सुनिश्चित गर्न लागेको हो।

सम्बन्धित समाचार

सबै