विमान दुर्घटना: २०४ जनाको शव भेटियो – New Zealand News Nepal (NZ News Nepal)

विमान दुर्घटना: २०४ जनाको शव भेटियो

   June 13, 2025  

गुजरातमा एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्युको पुष्टि भएको त्यहाँका प्रहरी कमिस्नरले बताएका छन्। 

अहमदावादका प्रहरी प्रमुख जीएस मलिकले जीवित फेला पार्न मुस्किल रहेको जनाएका छन्। 

२०४ वटा शव दुर्घटनास्थलबाट निकालिएको उनको भनाइ छ। तर ती सबै विमानका यात्रु हुन् अथवा स्थानीय भन्ने खुलेको छैन।

विमानमा सवार यात्रु र चालकदलका सदस्यका अलावा अन्य व्यक्तिको मृत्यु भएको छ। विमान ठोक्किएपछि होस्टेलका ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

होस्टेलबाट करिब ५० जनालाई अस्पताल लगिएको बताइएको छ। एजेन्सी