अकल्याण्डको ‘न्यू वर्ल्ड’ सुपरमार्केटमा भीषण आगलागी – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डको ‘न्यू वर्ल्ड’ सुपरमार्केटमा भीषण आगलागी

   June 18, 2025  

अकल्याण्डको भिक्टोरिया पार्कस्थित “न्यू वर्ल्ड” सुपरमार्केटमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ। बिहान करिब ११ बजे फायर अलार्म बजेसँगै दमकल टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो। आगो अत्यन्त तीव्र भएको कारण पूर्ण रूपमा नियन्त्रणमा ल्याउन २० भन्दा बढी दमकल र आपतकालीन सेवाका गाडीहरू परिचालन गरिएको थियो।

दमकल सेवाको सतर्क प्रयासपछि हाल आगो नियन्त्रणमा आएको छ। घटनामा कसैको ज्यान गुमेको वा गम्भीर घाइते भएको जानकारी आएको छैन। प्रारम्भिक रूपमा सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको पुष्टि गरिएको छ।

आगलागीको कारणबारे हालसम्म स्पष्ट जानकारी प्राप्त भइनसकेको र सम्बन्धित निकायद्वारा अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्। आगलागीबाट सुपरमार्केटको संरचना र सामानमा ठूलो क्षति पुगेको आशंका गरिएको छ।